Banner News

राष्ट्रपतिको विषयमा छलफल गर्न माओवादीको पदाधिकारी बैठक



काठमाडौ, ८ फागुन । सत्तारुढ घटक नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू भएको छ । पेरिसडाँडास्थित पार्टी मुख्यालमा पदाधिकारी बैठक बसिरहेको हो । राष्ट्रपतिबारे कुन पार्टीको उम्मेदवारलाई सघाउनेबारे बैठकले निर्णय लिने माओवादी नेताहरूले बताएका छन् ।
यही फागुन २५ मा हुने राष्ट्रपति चुनावका लागि यही १३ गते मनोनयन दर्ता हुने भएको छ ।

प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा उठउँदै आएका छन । सरकार गठनताका गठबन्धनमा एमालेलाई राष्ट्रपति दिने सहमति भएकोमा प्रधानमन्त्री प्रचण्डले भाका फेर्न थालेको भन्दै एमाले सशंकित छ । यही विषयलाई लिएर गठबन्धनसमेत धरमराएको छ ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसले पनि राष्ट्रिय सहमतिमा जोड दिँदै राष्ट्रपतिमा चासो देखाइरहेको छ । कांग्रेस नेतृत्वमा चुनावी गठबन्धन बनेकाले त्यही गठबन्धनको बलमा माओवादीले राष्ट्रपतिमा आफ्नो उम्मेदवारलाई समर्थन गर्ने कांग्रेस नेताहरूले बताउँदै आएका छन् ।
केही दिन अघि राष्ट्रपतिमा सहयोग माग्दै सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, कृष्णप्रसाद सिटौलालगायतका कांग्रेसका शीर्ष नेता बालुवाटार पुगेका थिए ।