राजनीति

एमालेका कारण गठबन्धन टुट्दैन: योगेश भट्टराई



काठमाडौँ, ९ फागुन । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले एमालेका कारण गठबन्धन नटुट्ने बताएका छन् ।

प्रेस चौतारी दैलेखले आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टराईले अस्थिर राजनीतिकले कसैको फाइदा नहुने भन्दै गठबन्धन टुट्ने विजनेस एमालेले नगर्ने बताएका हुन् ।

‘हाम्रो कारण कुनै हालतमा गठबन्धन टुट्दैन्, यो विजनेस एमालेले गर्दैन् । अस्थिर राजनीतिले हामी कसैलाई फाइदा गर्दैन,’ भट्टराईले भने ।