समाचार

फरार प्रतिवादी पक्राउ



झापा, १२ फागुन । जिल्ला प्रहरी कार्यालय झापाले बैंकिङ कसुर मुद्दाका फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार झापाकमल गाउँपालिका ३ का ५० वर्षीय फणिन्द्र पन्दाकलाई पक्राउ गरेको हो । उनलाई प्रहरीले बुधबार पक्राउ गरेर बिहीबार कैद भुक्तानको लागि जिल्ला कारागार झापा पठाएको छ ।