समाचार

नारायणीमा बेपत्ता किशोर मृत फेला



काठमाडौँ, १२ फागुन । नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका किशोर मृत फेला परेका छन् ।

चितवनको माडी नगरपालिका–५ घर भई भरतपुर महानगरपालिका–१० मा बस्दै आएका १६ वर्षीय रिते थापा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार यही फागुन ६ गते शिवरात्रिको दिन तनहुँ देवघाटस्थित नारायणी नदीमा नुहाउने क्रममा थापा डुबेर बेपत्ता भएका थिए । उनको भरतपुर–१६ काभ्रेघाटस्थित नारायणी नदी किनारमा बिहीबार शव फेला परेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । रासस