धनगढी, १२ फागुन । कञ्चनपुरमा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई १७ वर्षपछि पक्राउ गरिएको छ ।
प्रहरीका अनुसार जिल्लाको भीमदत्त नगरपालिका–१४ बनकट्टी बस्ने ५८ वर्षीय हर्कबहादुर ऐडीलाई बुधबार पक्राउ गरिएको हो ।
२०६२ सालको भदौमा करेन्ट लागेर मृत्यु भएको घटनामा ऐडीले कर्तव्य ज्यान गरेको जिल्ला अदालतले ठहर गरेको थियो । घटना भएको दिनदेखि फरार रहेका उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्