मकवानपुर, १२ फागुन । मकवानपुरको बकैया गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बकैया-५ पावसमा ५० वर्षीय सन्तलाल माझीको बिहीबार साँझ हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
साँझ गोठमा गएको समयमा हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका माझीलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याउँदा डाक्टरले मृत घोषणा गरेको हो ।










प्रतिक्रिया दिनुहोस्