Banner News

अध्यक्ष ओलीको आफ्नै युट्युब च्यानल ‘केपी बा’



काठमाडौँ, १२ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो छुट्टै युट्युव च्यानल सञ्चालन गर्न थालेका छन् ।

‘केपी बा’ नाम राखिएको च्यानल बिहिबारदेखि सञ्चालनमा आएको हो । च्यानलमा पहिलो भिडियोका रुपमा उनले ‘ती तीन मृत्यु, जसले मलाई छोडेर गए’ शीर्षकमा २५ मिनेट लामो भिडियो अपलोड गरेका छन् ।

उनले जीवनमा अनुभव गरेका कुराहरु बायोग्राफी जस्तो भिडियो साम्रगी च्यानलमा राखिने बताइएको छ । आफ्ना अनुभवहरु जनतासमक्षम पु¥याउनका लागि आफ्नो जन्मदिनको दिन जन्मसमय पारेर बिहीबारदेखि सो च्यानल सञ्चालनमा आएको हो ।