रुपन्देही, १२ फागुन । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–८, भगतपुरवामा ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गएराति लु८६प ४०५ नम्बरको मोटरसाइकल लु४त ४४६५ नम्बरको ट्याक्टरको पछाडि ठोक्किदा मोटरसाइकल चालक रुपन्देहीकै गैडहवा गाउँपालिका–६ का अन्दाजी २४ वर्षीय राजेन्द्र पाशीको उपचारका क्रममा भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको हो ।
पाशीको राति सवा १० बजे मृत्यु भएको हो । ट्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्