काठमाडौँ, १३ फागुन । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा र बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।
आज राति प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्