काठमाडौँ, १३ फागुन । राष्ट्रपति निर्वाचन र सरकारबाट बाहिरिने विषयमा छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।
बैठक बिहान ९ बजे पार्टी कार्यालय ललितपुरमा बस्नेछ । राष्ट्रपति पदका लागि आज उम्मेदवारी मनोनयन हुने भएकोले उम्मेदवारी दिने या नदिने तथा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा पनि आजको बैठकले ठोस निर्णय दिने बताइएको छ ।
बिहीबार बसेको आठ दलको बैठकले राष्ट्रपति पदमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने सहमति जनाइसकेका छन्।










प्रतिक्रिया दिनुहोस्