काठमाडौँ, १३ फग्गुन । नेपाली कांग्रेसले राष्ट्रपतिको उमेदवार रामचन्द्र पौडेललाई बनाउने निर्णय गरेको छ । आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उमेदवार बनाउने निर्णय गरेको हो ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस नेता रामचन्द्र पौडेलको नाम राष्ट्रपति उमेदवारमा प्रस्ताव गरेका थिए ।
बैठकले पौडेलको नाममा निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठ दलको बैठकमा कांग्रेसलाई राष्ट्रपति पद दिने प्रस्ताव गरेको र उपस्थित आठ दलका शीर्ष नेताले समर्थन जनाएकाले पौडेल आठ दलका साझा उमेदवार बनेका छन् ।










प्रतिक्रिया दिनुहोस्