काठमाडौँ, १३ फागुन । नेकपा एमालेले फागुन २५ सम्म सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको छ ।
आज पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले फागुन २५ सम्म सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको हो । त्यस्तै बैठकले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय पनि गरेको छ ।
एमालेले केन्द्रीय सदस्य दुर्गा प्रसाईँलाई पार्टीबाट निकालेको छ । प्रसाईँले पार्टी गतिविधिबाहिर रहेर काम गरेकाले यस्तो निर्णय गरिएको एमालेले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्