काठमाडौँ, १३ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको उमेदवारी दर्ता भएको छ ।
आठ दलीय गठबन्धनका तर्फबाट आठै दलका प्रमुख नेताहरुलाई प्रस्तावक र समर्थक राखेर पौडेलको उमेदवारी दर्ता भएको हो ।
पौडेलको प्रस्तावकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरी, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष आशोक राई र जनमत पार्टीका उपाध्यक्ष अब्दुल खाँन छन् ।










प्रतिक्रिया दिनुहोस्