राजनीति

अर्थमन्त्री पौडेलले भेटे भारतका अर्थमन्त्री र चीनका उपमन्त्रीलाई



काठमाडौँ, १४ फागुन । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलले भारत र चीनका अर्थमन्त्रीहरूसँग भेटवार्ता गरेका छन् ।

भारतको बैंग्लोरमा आयोजित जी २० का अर्थमन्त्रीहरूको सम्मेलनमा भाग लिन गएका मन्त्री पौडेलले त्यहाँका अर्थमन्त्री निर्मला सीतारमण र चीनका अर्थ मन्त्रालयका उपमन्त्री वाङ दङवैलगायत अधिकारीसँग अर्थतन्त्र र विकासका विविध आयामबारे छलफल गरेका हुन् ।

जी २० का अर्थमन्त्रीहरुको सम्मेलन शुक्रबार र शनिबार भएको थियो । सम्मेलनमा भाग लिन मन्त्री पौडल यही फागुन ११ गते भारत गएका थिए ।