काठमाडौँ, १५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालको आगामी शुक्रबारदेखि हुने तय भएको कतार भ्रमण रद्द भएको छ ।
अतिकम विकसित मुलुकहरूको सम्मेलनमा भाग लिन आगामी शुक्रबार दाहाल कतार जाने सबै तयारी गरेपछि भ्रमण रद्द गरिएको हो । प्रधानमन्त्री दाहालको सचिवालयले अकस्मात भ्रमण रद्द गर्नुलाई देशमा राष्ट्रपतिको निर्वाचन नजिकिएको बहाना बनाएको छ ।
तर परराष्ट्र मन्त्रालयले भ्रमणको सबै कार्यक्रम सार्वजनिक गरिसकेपछि प्रधानमन्त्री दाहालले भ्रमण रद्द गरेर अर्को कूटनीतिक अपरिपक्कता प्रदर्शन गर्नुभएको छ ।










प्रतिक्रिया दिनुहोस्