मनोरञ्जन

अभिनेता पल शाह रिहा



काठमाडौँ, १५ फागुन । अभिनेता पल शाह रिहा भएका छन् ।

उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन् । पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर छुटेका हुन् ।

रिहा भएसँगै उनको पक्षमा समर्थकहरुले चर्को नारा लगाएका थिए । समर्थकहरुले पल शाह हाइ हाइलगायतका चर्का नारा लगाएका थिए । कारागार परिसरमा भेला भएका समर्थकहरुले चर्को नारा लगाएका हुन् ।

नाबालिग बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए । आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएपछि आज कार्यालय खुलेसँगै प्रकिया पुरा गरेका थिए । रिहा भएपछि उनी काठमाडौँ आउने बुझिएको छ ।