काठमाडौँ, १५ फागुन । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको आजको बैठकले प्रतिनिधि सभा सदस्य शहनाज रहमानको शोक प्रस्ताव पारित गरेको छ ।
आज बसेको प्रतिनिधि सभाको बैठकले प्रतिनिधि सभा सदस्य शहनाज रहमानको निधन भएकोप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो । रहमानको शनिवार हृदयाघातका कारण निधन भएको थियो । समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रहमान ६३ वर्षकी थिइन् ।
प्रतिनिधि सभाको अर्को बैठक फागुन १७ गते बुधबार दिउँसो १ बजे बस्नेछ ।










प्रतिक्रिया दिनुहोस्