नुवाकोट, १६ फागुन । जिल्लाको बेलकोटगढी नगरपालिका– ८ पाँचखालमा ग्यासको सिलिन्डर पड्किएर आगलागी भएको छ ।
प्रहरीका अनुसार बेलकोट स्थित विश्वनाथ पुडासैनीको घरमा हुँदा साढे तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीमा परी अन्नपात, भाँडाकुँडा, लत्ताकपडा जलेको तर कुनै मानवीय क्षति भने भएको छैन ।
ढुङ्गा, माटोले बनेको र जस्ताले छाएको घर आगलागीमा परेर पूर्णरुपमा जलेको छ । विदुर नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो ।










प्रतिक्रिया दिनुहोस्