काठमाण्डौ,१७ फागुन । प्रदेश १ को नामकरण सबन्धमा बस्न लागेको बैठकमा १२ बजेभित्र सांसदहरूले नामकरण प्रस्ताव गरिसक्नुपर्ने भएको छ ।
प्रदेश १ को संसद् सचिवालयले एक सूचना जारी गर्दै नामकरण पेस गर्नका लागि समय सीमा तोकेको हो ।
पहिलो कार्यकालमा नामकरण हुन नसकेको प्रदेश १ को नामकरण आज गर्ने उद्देश्यसहित प्रदेश १ ले सूचना जारी गरेको हो । प्रदेशसभा सचिवालय गोपाल प्रसाद पराजुलीका अनुसार १२ बजेसम्म प्रदेशको नाम प्रस्ताव पेस गर्नका लागि सूचना जारी गरिएको छ ।
नेपालको संविधानको धारा २९५ को उपधारा २ बमोजिम प्रदेश नम्बर १ को नामकरणका लागि प्रदेश सभा नियमावली–२०७४ ९पहिलो संशोधनसहित०को नियम ५८ ९ख०बमोजिम सोही नियमावलीको अनुसूची–९ को ढाँचामा प्रदेश नम्बर १ को प्रदेश सभा सदस्यहरूलाई २०७७९ फागुन १७ गते दिनको १० बजे देखी १२ बजेसम्म आफ्नो नाम प्रदेश सभा सचिवालय समक्ष दर्ता गराउन हुन माननीय सभामखज्युको आदेश अनुसार माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’ सूचनामा भनिएको छ ।










प्रतिक्रिया दिनुहोस्