काठमाडौँ, १७ फागुन । जजिरा एयरवेजले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले फागुन २५ गतेदेखि आफ्नो निर्धारित उडानहरू पुनः शुरु गर्ने घोषणा गरेको छ । जसअनुसार भैरहवाबाट साप्ताहिकरुपमा ३ वटा उडान हुने कम्पनीले जनाएको छ ।
जजिराले भैरहवाबाट कुबेतका लागि मंगलबार, बिहीबार र शनिबार नेपाली समय अनुसार बिहान ८ः०५ बजे उडान भर्नेछ । यस्तै कुवेतमा स्थानीय समय अनुसार बिहान १०ः५५ बजे अवतरण गर्ने छ । साथै जजिरा एयरवेजले भैरहवादेखि कुवेतसम्म रु.२८,८३६ को विशेष प्रारम्भिक एकतर्फी उडानका भाडा कायम गरेको छ ।










प्रतिक्रिया दिनुहोस्