काठमाडौँ, १७ फागुन । पौडेललाई विजयी गराउन कांग्रेसले पदाधिकारीलाई जिम्मेवारी दिएको छ ।
आज पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको सभापति, महामन्त्री, प्रमुख सचेतक र केही प्रभावशाली नेताहरूको बैठकबाट गठबन्धनको कार्यक्रमलाई नेतृत्व गर्न पदाधिकारीलाई जिम्मेवारी दिइएको हो ।
प्रदेश–१ मा महामन्त्री विश्वप्रकाश शर्मालाई जिम्मेवारी दिइएको छ । मधेश प्रदेसमा फरमुल्लाहा मन्सुरले जिम्मेवारी पाएका छन् । प्रदेश–१ मा महामन्त्री शर्मासहित सहमहामन्त्री भीष्मराज आङदेम्बे पनि सहभागी हुनेछन् । मधेसमा सहमहामन्त्री महेन्द्र यादवलगायत पार्टीका नेताहरूको सहभागिता रहनेछ ।
यस्तै, वाग्मती प्रदेशमा महामन्त्री गगन थापालाई कार्यक्रमको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ । गण्डकी प्रदेशमा उपसभापति धनराज गुरुङ सहभागी हुनेछन् । त्यहाँ सहमहामन्त्री जीवन परियार पनि रहनेछन् ।










प्रतिक्रिया दिनुहोस्