Banner News

अब सरकारी कर्मचारीलाई खाजा खाने समय आधा घण्टामात्रै



काठमाडौँ, १८ फागुन । सरकारले निजामती र सार्वजनिक सेवाका कर्मचारीहरुलाई कार्यालय समयमा आधा घण्टामात्रै खाजा खाने समय तोकेको छ ।

गत सोमबार मन्त्रिपरिषदबाट निर्णयले सार्वजनिक विदा र विदाका दिन कार्यालय खोल्ने प्रस्तावमा कर्मचारीहरुलाई खाजा सम्बन्धी व्यवस्था समेत थपिएको हो ।

प्रस्तावमा भनिएको छ, ‘खाजा समय– दिउँसो १:३० देखि २ बजेसम्म ।’ उक्त निर्णय राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयन हुनेछ ।