काठमाडौँ, १८ फागुन । नेपाल प्रहरीका डीआईजी श्यामलाल ज्ञवाली प्रहरी सेवामा प्रवेश गर्दा २५ वर्ष नाघिसकेको विषयबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।
अख्तियारले राष्ट्रिय प्रहरी किताब खाना, प्रहरी प्रधान कार्यालय, कृषि विकास बैंक र जिल्ला प्रशासन कार्यालयलाई तत्काल नागरिकतालगायत ज्ञवालीले पेस गरेका विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले विवरण पठाइसकेको छ ।










प्रतिक्रिया दिनुहोस्