कैलाली, १८ फागुन । कैलालीमा एउटै रुखमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालयका कैलालीका अनुसार कैलारी गाउँपालिका–७, बसन्ताको खरौला सामुदायिक वनमा ५८ वर्षीया गेदुराम दास र ४५ वर्षीया ललितादेवी चौधरीको शव झुन्डिएको अवस्थामा फेला परेको हो ।
उक्त घटनाको कारण खुलेको छैन । उनीहरु दुवैजना विवाहित र छिमेकी समेत हुन् । शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएकोे र अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्