काठमाडौँ, १८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ८ दलीय गठबन्धन पाँचै वर्ष जाने बताएका छन् ।
उनले ८ दलमा आवद्ध सांसदहरुको अभिमूखिकरण कार्यक्रमपछि बोल्दै उनले भने, “गठबन्धन पाँचैवर्ष जान्छ, मन्त्रिपरिषद् विस्तारको गृहकार्य पनि सुरु भएको छ,” ।
सत्तारूढ ८ दलले काठमाडौँमा गरेको संघीय सांसदको भेलामा उनले ८ दल भनिए पनि राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेललाई अहिले नै १० दलको समर्थन रहेको र यो बढ्ने बताए । ‘हामीले ८ दल भनेका छौं, प्रतिनिधि सभामा २ र प्रदेश सभामा २ जना सांसद रहेको नेपाल समाजवादी पार्टीको पनि रामचन्द्र पौडेल जीलाई समर्थन छ,’ भेलामा उनले भने, ‘ त्यसैगरी नेपाल आम पार्टी भन्ने तराई केन्द्रित अर्को पार्टीको पनि समर्थन छ ।’
प्रतिनिधि सभामा आफूले विश्वासको मत लिँदै गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन सही भएको दाबी गरेपछि विश्वासको संकट उत्पन्न भएको प्रचण्डले बताए ।










प्रतिक्रिया दिनुहोस्