समाचार

कारको ठक्करबाट एक जनाको मृत्यु



झापा, १८ फागुन । जिल्लाको कन्काई नगरपालिका–३, नयाँ बस्तीमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय सुरुंगाका अनुसार हिजो बेलुका करिब पौने ७ बजे बा१८च २२ ४७ नम्बरको कारले पैदल हिँडिरहेकी स्थानीय ३६ वर्षीया सावित्रादेवी भण्डारीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । कारसहित चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भ इरहेको प्रहरीले जनाएको छ ।