समाचार

जुम्लाको नुवाकोटमा आगलागी



जुम्ला, १९ फागुन । जिल्ल्लाको तिला गाउँपालिका – ४ नुवाकोट गाउँको महादेवस्थानमा भएको आगलागी हुँदा १३ घार मौरीसहित घर नष्ट भएको छ ।

प्रहरीका अनुसार गएराति १ बजे भएको आगलागीबाट नुवाकोट गाउँ निवासी लालबहादुर हमालको घर र १३ घारमा भएको मौरी पूर्णरुपले नष्ट भएको हो ।

पीडित घरधनी हमालले १३ घार मौरी, एक तोला सुन र ६५ हजार नगद जलेर नष्ट भएको बताए । उनका अनुसार मानवीय क्षति भने भएको छैन । आम्दानीको मूल स्रोत मौरी नष्ट भएपछि भने जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता सृजना भएको पीडित हमालले दुखेसो व्यक्त गरे।आगलागीबाट २ लाख ६० हजार बराबरको मौरी नष्ट भएको छ ।