समाचार

फेवातालमा डुंगा पल्टिदा घाइते भएकी वृद्धाको मृत्यु



पोखरा, २० फागुन । फेवातालमा डुंगा पल्टिदा घाइते भएकी ७० वर्षीया वृद्धको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आज दिउँसो फेवातालमा डुङ्गा पल्टिदा घाइते भएकी ७० वर्षीय याममाया गिरीको उपचारका क्रममा मृत्यु भएको हो ।

डुङ्गा पल्टिदा ४९ वर्षीय राजकुमार गिरी, २१ वर्षीय एलिशा गिरी, ४१ वर्षीय खगेन्द्र गुरुङ, ४९ वर्षीय माया गिरी र २५ वर्षीय विशाल गिरीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।