राजनीति

आठ माओवादी धारको बैठकमा पार्टी एकता गर्ने प्रचण्डको प्रस्ताव



काठमाडौँ, २३ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको प्रस्ताव गरेका छन् । आज आठ माओवादी धारको बैठकमा बोल्दै प्रचण्डले सबै पूर्व माओवादीहरूलाई पार्टी एकताको प्रस्ताव गरेका हुन् ।

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सिपी गजुरेलका अनुसार प्रधानमन्त्री प्रचण्डले माओवादी धार सकेसम्म एकता नभए संयुक्त मोर्चा बनाएर जान प्रस्ताव गरेका हुन् ।

‘माओवादी आन्दोलन फुटेर कमजोर भयो । हाम्रा कमीकमजोरीहरू के के हुन ? सबैका कमी कमजोरी भएर नै यो अवस्था आयो’ प्रचण्डको भनाई उदृढ गर्दै गजुरेलले भने, ‘मेरो तर्फबाट कमजोरी भएको हो भने कन्भिन्स गर्नुस् सच्याउन तयार छु । अरूबाट कमजोरी भए सच्याएर जाने अवस्थामा जानुपर्छ ।’