काठमाडौँ, २३ फागुन । माओवादीधारहरुको बैठकलाई निरन्तरता दिइने भएको छ । आगामी फागुन २६ गते माओवादी धारहरुको बैठक बस्ने भएको छ ।
सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउन दबाब दिने उद्देश्यले माओवादी धाराहरूको बैठक बस्ने नेकपा समाजवादी माओवादीका नेता कर्णजीत बुढाले बताए ।
आज बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदातलको आदेश आफूप्रति मात्र केन्द्रित नभएको बताएका छन् । उनले उक्त आदेश शान्ति प्रक्रियासँग जोडिएको बताए । त्यसकारण आफूहरू एक भएर जानुपर्ने धारणा राखेको नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गजुरेलले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्