Banner News

राष्ट्रपति उम्मेदवार नेम्वाङद्वारा मतदान



काठमाडौँ, २५ फागुन । राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित मतदान स्थलमा पुगेर नेम्वाङले मतदान गरेका हुन् ।

बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ । अर्का उम्मेदवार रामचन्द्र पौडेल पनि मतदानस्थलमै छन् ।

यसैबीच मतदान अघि राष्ट्रपतिका उम्मेदवार नेम्बाङले देश र जनताका अगाडि चुनौती रहेको बताएका छन् । नेम्वाङले पत्रकारसँग भने, ‘यो देशका सम्पूर्ण राजनीति दलहरु एक ठाउँमा उभिनु पर्छ, तपाईंहरुले देखिराख्नुभएको छ, अहिले देश र जनताको अगाडि चुनौती छ ।’