मनोरञ्जन

अपराधिक घटनामा प्रेमकथा मिसीएर बन्ने भयो ‘निसाफ’



काठमाडौं, १८ माघ । विवेक सापकोटाको निर्देशन रहेको चलचित्र ‘निसाफ’ बन्ने भएको छ । अपराधिक घटनामा प्रेमकथा मिसाएर यो चलचित्र निर्माण हुन लागेको हो ।

सुपरियल फिल्मस्को ब्यानरमा बन्ने ‘निसाफ’ एस जंग रानाले निर्माण गर्न लागेका हुन् । अनुप बिक्रम शाही, सरोज खनाल, धु्रव कोइराला,  यादव बैरागी, भरत ढुङगाना र नव प्रस्तुति साधना सिलवाल, शिशिर भट्ट सगुन थापा, बिजयजंग रायमाझी लगायत कलाकारको अभिनय रहने भएको छ ।

चलचित्रको लेखन निर्देशक विवेककै रहेको छ । दिब्य सुवेदीको छायाँकन, मनोज चौलागाइको संगीत ,श्री श्रेष्ठको द्धन्द्ध र कवीराज र बब्बुको नृत्य रहने छ । आगामी फागुन ५बाट चलचित्र छायाँकनमा जाने तयारी भइरहेको निर्देशक सापकोटाले बताए ।