विश्व

भारतको इट्टा भट्टामा काम गर्ने पाँच जनाको मृत्यु



एजेन्सी, १ चैत । भारतमा पाँच कामदारको मृत्यु भएको खबर छ ।

छत्तिसगढको महासमुन्द जिल्लामा एउटा इट्टा भट्टामा काम गर्ने पाँच जनाको मृत्यु भएको प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) ले बताएको छ । समाचार एजेन्सी पिटिआई र एएनआईले यी सबै जना मारिएको पुष्टि गरेको छ ।

स्थानीय प्रहरीका अनुसार उनीहरूको निसास्सिएका कारण मृत्यु भएको हो । यसबारे थप जानकारी आउन बाँकी छ ।