अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ३ चैत । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७ हजार १ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ६६ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।