विश्व

रूसी राष्ट्रपति पुटिनविरूद्ध पक्राउ पुर्जी जारी



एजेन्सी, ४ चैत । इन्टरनेशनल क्रिमिनल कोर्ट (आईसीसी) ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

आईसीसीले राष्ट्रपति पुटिनविरुद्ध युद्ध अपराधको अभियोग लगाएको हाे । जसमा बालबालिकालाई गैरकानूनी रुपमा युक्रेनबाट रुस पठाउनु पनि भएको बीबीसीले जनाएको छ । रुसले २४ फेब्रुअरी २०२२ देखि युक्रेनमाथि आक्रमण सुरु गरेको थियो ।

यद्यपि उसले आक्रमणका क्रममा युद्ध अपराध गरेको आरोप अस्वीकार गर्दै आएको छ । पुटिन विरुद्धकाे पक्राउ पुर्जीकाे बारेमा टिप्पणी गर्दै रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जखारोवाले इन्टरनेशनल क्रिमिनल कोर्टको फैसला आफ्नो देशका लागि कानूनी रुपमा कुनै अर्थ नभएको टिप्पणी गर्नुभएको छ ।