समाचार

सुर्खेत उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि काठमाडौँमै अवतरण



काठमाडौँ, ४ चैत । काठमाडौँबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि पुनः काठमाडौँमै अवतरण गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जहाज १५ माइलबाट फर्काइएको हो । आज बिहान काठमाडौँबाट सुर्खेतका लागि उडेको जहाजको इन्डिकेटरले समस्या देखाएपछि विमान काठमाडौँमा डाइभर्ट गरेर अवतरण गरिएको हो ।

अहिले उक्त जहाजलाई ग्राउन्डेड गरिएको छ भने प्राधिकरणको टोलीले जाँच गर्ने बताइएको छ । उक्त जहाजमा चालकदलका सदस्य सहित ६७ यात्रु सवार थिए ।