Banner News

देशमा अस्थिरता निम्ताउने कामको अगुवाइ प्रचण्डले गरे : सचिव विष्ट



हेटौंडा, ४ चैत । नेकपा एमालेका सचिव गोकर्ण विष्टले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा अस्थिरता निम्ताउने कामको अगुवाइ गरिरहेको बताएका छन् ।

प्रेस चौतारी मकवानपुर शाखाले हेटौंडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र र बाहिरका शक्ति केन्द्रको स्वार्थमा काम गरिरहेको टिप्पणी गरे ।

उनले भने, ‘देशमा राजनीतिक अस्थिरता निम्त्याउने, अन्यौलता निम्त्याउने बर्बादीको दिशातिर लैजाने कामको नेतृत्व देशभित्र र बाहिर रहेका विभिन्न शक्तिकेन्द्रको आडमा वा उनीहरुको स्वार्थलाई सेवा पुर्‍याउने गरी प्रधानमन्त्री प्रचण्डले भूमिका निर्वाह गर्नुभएको छ । एकप्रकारले अस्थिरता निम्त्याउने कामको अगुवाइ, मुख्य भूमिका सम्माननीय उहाँले निर्वाह गर्नुभएको छ । यो उहाँको लागि स्वयं आफैंले थापेको धराप सावित हुनेछ ।’