समाचार

बालिका करणीको आरोपमा एक युवक पक्राउ



अछाम, ४ चैत । अछाममा बालिका करणीको आरोपमा एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यलय अछामका अनुसार शुक्रबार राति जिल्लाको साँफेबगरस्थित एक होटलमा बाजुराकी १७ वर्षीया बालिका माथि जबर्जस्ती करणी भएको हो।

करणी गरेको आरोपमा प्रहरीले ३० बर्षिय एक युवकलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेकोले प्रहरीले पीडकको नाम भने खुलाइएको छैन।