काठमाडौँ, ५ चैत । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै ।
आइतबार बिहान १०ः ३० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ मा विश्वासको मत लिने तयारी गरिरहेकै बेला कांग्रेसको बैठक बस्न लागेको छ । कांग्रेस नेताहरुका अनुसार बैठकले प्रधानमन्त्री दाहाललाई विश्वास मतबारे निर्णय गर्नेछ । साथै सरकारमा सहभागिताबारे पनि छलफल हुनेछ ।










प्रतिक्रिया दिनुहोस्