मनोरञ्जन

वेनिशाले भेटिन् माया गर्ने मान्छे (भिडियोसहित)



काठमाडौं, १८ माघ । गायक रोशन श्रेष्ठको आवाजमा रहेको ‘तिमी नै तिमी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गायक श्रेष्ठ स्वयमको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत र दिनेश श्रेष्ठको संगीत रहेको छ ।

पोखरा र चितवनका ठाउँहरुका खिचिएको भिडियोमा नायिका वेनिशा हमाल र मोडल सागर पोख्रेल फिचरिङ छन् ।

प्रेमभाव बोल्ने गीतमा सागर र वेनिशाको केमेष्ट्री निकै लोभलाग्दो रहेको छ । निकेश खड्काले निर्देशन गरेको भिडियोलाई उत्सव दाहालले छांयाकन गरेका छन ।

[its_video]https://youtu.be/hBaE1y5tkTk[/its_video]