मनोरञ्जन

चलचित्र कलाकार संघ अध्यक्षमा मोहन निरौला निर्वाचित



काठमाडौँ, ५ चैत । चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् ।

उम्मेदवार रेजिना उप्रेतीलाई पराजित गर्दै निरौला अध्यक्ष निर्वाचित भएका छन् । शनिबार भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा कविता गेलाल, उपाध्यक्षमा शिवहरि नेपाल बैरागी र महासचिव सविन श्रेष्ठ निर्वाचित भएका छन् ।

यस्तै सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्ष सुनिल कटवाल र सहकोषाध्यक्ष पवित्रा आचार्य निर्वाचित भएका छन् । सदस्यहरूमा शितल केसी, गोपाल ढकाल, उद्धव भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, रञ्जना खड्का खुश्बु, सरिता राधोपाध्याय, रोशन श्रेष्ठ र समिर लामा छन्।