राजनीति

स्ववियु निर्वाचन : फर्जी मतदान गर्ने १० जना पक्राउ



काठमाडौँ, ५ चैत । काठमाडौँको पुतलीसडकस्थित शंकरदेव क्याम्पसबाट स्वतन्त्र विद्यार्थी संघकाे निर्वाचनमा फर्जी मतदान गर्न जाने १० जना पक्राउ परेका छन् ।

नक्कली परिचयपत्र बोकेर भोट हाल्न जान लागेपछि प्रहरीले गेटबाटै पक्राउ गरेको प्रहरी स्राेतले जानकारी दिए । उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको र केही बेर रोकिएको मतदान पुनः सुरु भएको छ ।