समाचार

बाजुरामा गोली चल्यो, दुईजना प्रहरी घाइते



काठमाडौँ, ५ चैत । स्ववियु निर्वाचनबारे विवाद हुँदा बाजुरामा झडप भएको छ । सत्ता गठबन्धन निकट विद्यार्थी र एमाले निकट अनेरास्ववियुको बीचमा झडप हुँदा प्रहरीले गोली चलाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुढीनन्दा क्याम्पस, कोल्टीमा भएको झडप नियन्त्रणमा लिन हवाई फायर गरिएको हो । प्रहरीले अश्रुग्याँस पनि प्रहार गरेको छ । झडपमा परेर दुईजना प्रहरी घाइते भएका छन् ।