अर्थ

नेप्से परिसूचक ६.९० अंकले घट्यो



काठमाडौँ, ५ चैत । आज नेप्से परिसूचक ६.९० अंकले घटेको छ ।

यस दिन नेप्से ०.३६ प्रतिशतले घटेर १९२६.४० बिन्दुमा बन्द भएको छ । आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ ।

गत कारोबार दिन १ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा उक्त रकम घटेर यस दिन १ अर्ब ६ करोड ९८ लाख ४ हजार ८२५ रुपैयाँमा सीमित भएको छ । आइतबार २५९ वटा धितोपत्रको ३१ लाख ६३ हजार ३८९ कित्ता सेयर किनबेच भएको हो ।

आइतबार तीन वटा लघुवित्त कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । मानुषी लघुवित्त, युनिक नेपाल लघुवित्त र शुभम् पावरको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यसदिन मानुषी लघुवित्तको सेयरमूल्य ८४७ रुपैयाँ, युनिक नेपाल लघुवित्तको सेयरमूल्य एक हजार ७६४ रुपैयाँ ६० पैसा र शुभम् पावरको सेयरमूल्य ५६७ रुपैयाँ ६० पैसा पुगेको छ ।