समाचार

ट्याक्टर पल्टिँदा एकजनाको मृत्यु



कैलाली, ६ चैत । कैलालीको भजनी नगरपालिका–३ कुडिचोकमा आइतबार बेलुकी ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा एकजनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय भजनीका अनुसार सुख्खडबाट भजनीतर्फ जाँदै गरेको से २ त १०२० नम्बरको ट्याक्टर अनियन्त्रित भइ पल्टिँदा गम्भीर घाइते भएका ट्याक्टरमा सवार कैलालीकै भजनी नगरपालिका–१, ठेगरपुरका अन्दाजी २८ बर्षीय टिकाराम चौधरीको उपचारको क्रममा मृत्यु भएको हो ।

ट्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।