विश्व

थाइल्याण्डका प्रधानमन्त्रीद्वारा संसद् विघटन



एजेन्सी, ६ चैत । थाइल्याण्डको संसद् विघटन गरिएको छ ।

प्रधानमन्त्री प्रयुत चान–ओ–चाले सोमबार देशको संसद् विघटन गरेको उच्च सरकारी स्रोतले जनाएको छ ।

निर्वाचनको घोषणासँगै सन् २०१४ मा प्रयुतले सत्ता सम्हालेपछि थाइल्याण्डमा दोस्रो पटक निर्वाचनका हुन लागेको हो । संसद् विघटन र निर्वाचनको मिति घोषणाको तयारीबारे थाइल्याण्डको राजपत्रमा प्रकाशित सूचनामा सोमबार उल्लेख गरिएको छ ।