मनोरञ्जन

सलमान खानलाई फेरि आयो ज्यान मार्ने धम्की



काठमाडौँ, ६ चैत । बलिउड अभिनेता सलमान खानलाई पुनः ज्यान मार्ने धम्की आएको छ ।

मुम्बई प्रहरीले धम्की दिनेविरुद्ध मुद्दा दायर गर्दै घटनाबारे अनुसन्धान थालेको छ । सलमान निकटका एक सहयोगीलाई प्रेषित त्यस्तो इमेल धम्कीमा माफिया डन लरेन्स बिश्नोइको हालैको एक अन्तर्वार्तालाई उध्दृत गरिएको जसको उद्देश्य सलमान खानलाई मार्नु थियो ।

बान्द्रा प्रहरीले बान्द्रा पश्चिमस्थित सलमानको घर बाहिर सुरक्षालाई कडा बनाएको छ । साथै, बिश्नोई र उनका सहयोगी गोल्डी ब्रारलाई पक्राउ गर्दै घटनाबारे अनुसन्धान थालेको छ । हिन्दी भाषामा पठाइएको उक्त इमेल रोहित गर्गबाट आएको थियो, जसले अभिनेतासँग कुरा गर्न चाहन्थे र ‘टिम सलमान’ को उजुरीपछि प्रहरीले उनलाई पनि मुद्दा दायर गरेको थियो ।