Banner News

नेकपा एसमा मन्त्रालयबारे आन्तरिक मतभेद यसरी चर्कियो



काठमाडौ ७ चैत्र । नेकपा एकीकृत समाजवादीमा सरकारमा जाँदा लिने मन्त्रालयको विषयमा भतभेद बढेर गएको छ । सरकारमा सहभागी आंकाक्षीहरुले आफूले मन्त्रालय पाउने गरी बैठकमा कुरा राखेपछि मतभेद चर्किएर गएको हो । सरकारमा सहभागिताबारे छलफल गर्न बसेको सचिवालयले बैठक पार्टीले लिने मन्त्रालयको विषयमा कुरा उठेपछि मतभेद बढेर गएको हो ।

सचिवालय बैठकमा सहभागी एक नेताका अनुसार अधिकांश नेताहरूले जनतासँग प्रत्यक्ष जोडिएको मन्त्रालय आफूहरूले लिनुपर्ने धारणा राखेको बताए ।ती नेताले भने, ‘अधिकांश नेताहरूले बैठकमा जनतासँग प्रत्यक्ष जोडिएको सिँचाइ, खानेपानी, शिक्षा, खेलकुद, स्वाथ्यलगायत मन्त्रालय लिनुपर्छ भन्ने राख्नुभएको छ । भने केही अन्य पार्टीले ठूला संवैधानिक पद लिइसकेकाले गृह, अर्थजस्ता ठूला मन्त्रालय लिनुपर्नेमा जोड दिनुभएको छ ।’
बैठकले गठबन्धन संघदेखि प्रदेशसम्मका भागबन्डाको विषय टुंग्याउन पार्टी अध्यक्ष माधव नेपालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा अध्यक्ष नेपालसहित उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल छन् ।
पार्टीका मन्त्रीहरूले गर्ने काम, कस्ता नीति कार्यक्रमम, केन्द्रदेखि प्रदेशसम्मको विषयमा गृहकार्य गर्ने प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

उनले पार्टीले कति मन्त्रालय लिने भन्ने विषयमा आफूहरूले कतै नभनेको बताए । तीन वटा दाबी गरेर दुई मन्त्रालयमा चित्त बुझाउने तयारी भएको हो रु भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘हामीले मन्त्रालयबारे केही बोलेका छैनौं । तपाईंहरूले यस्तो अनुमान गर्नुभएको छ भने तीनवटै भन्दिनुस् ।’
उनले विभिन्न क्षेत्रमा काम गर्ने मन्त्रालयहरू भएकाले अध्ययन गरेर कार्यदलले निर्णय लिने बताए ।