मनोरञ्जन

विमानमा नेपाली फिल्म देखाउन मन्त्री किरातीलाई आग्रह



काठमाडौँ, ७ चैत । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)ले नेपालबाट उडान हुने विमानमा सबै नेपाली फिल्मलाई स्क्रिनिङ हुने व्यवस्था गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई आग्रह गरेको छ ।

समापन समारोहमा बोल्दै फेस्टिभल अध्यक्ष केपी पाठकले यसो गर्न सकिए कोभिडपछि थलिएको र हलमा पनि चल्न मुश्किल हुने फिल्मलाई आर्थिक रुपमा राहत मिल्ने बताए । केही वर्षयता नेपाल वायु सेवा निगमले आफ्नो उडानमा केही नेपाली फिल्मलाई स्क्रिनिङ गरिरहेपनि यो पर्याप्त हुन सकेको छैन ।