Banner News

सरकारले छिट्टै पूर्णता पाउँछ: प्रधानमन्त्री दाहाल



काठमाडौँ, ७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई पूर्णता दिने बारेमा छलफल सुरु भएको र छिट्टै पूर्णता पाउने बताउनुभएको छ ।

मंगलबार गोरखाको पालुङटार नगरपालिका–२ विमिरेमा पन्थडिही–कटहरे–हर्मी–साहिलीटार सडकको शिलान्यास समारोहलाई सम्बोधन गर्दै उहाँले सरकारलाई पूर्णता दिन नेपाली कांग्रेससहितका दलसँग वार्ता र संवाद सुरु भएको बताउनुभयो ।

देशलाई सुशासन सामाजिक न्याय र समृद्धिको अभियानतर्फ लैजाने उहाँको भनाइ थियो । जनताको विकास निर्माण र समृद्धिको आकांक्षा सम्बोधन गर्न संघ प्रदेश र स्थानीय तहसँग एकीकृत रुपमा अघि बढ्ने उहाँले बताउनुभयो ।